वर्तमान अवस्थामा प्रदेशको समृद्धि बाहेक कुनै राजनीतिक स्वार्थ नभएको :मन्त्रि गुरुङ्गको भनाई

तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको १० औँ सस्करणको खैरेनिटार महोत्सव सम्पन भएको छ ।
महोत्सवको सोमवार प्रदेश ४ का अर्थ तथा योजना मन्त्रि किरण गुरुङ्गले एक समारोहका विच समापन गर्नु भएको हो ।
“आर्थिक , सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मुल नाराकासाथ गत चैत ८ गते देखि महोत्सव सञ्चालन गरिएको थियो ।
प्रमुख अतिथिं प्रदेश नं. ४ का अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले प्रदेश नं. ४ सबै प्रदेश भन्दा धनी प्रदेश भएको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा प्रदेशको समृद्धि बाहेक कुनै राजनीतिक स्वार्थ नभएको जानकारी दिनुभयो । यस्तै समृद्ध प्रदेशको लागि पहिलो प्राथमिकता पर्यटन क्षेत्रको विकास रहेको बताउनुभयो ।
 मन्त्री गुरुङ्गले चुनावमा गरिएको प्रतिवद्धता अनुसार कार्यलाई अगाडी वढाउने पनि बताउनुभयो । यस प्रदेशको समृद्धिको मेरुदण्ड पर्यटन विकास भएकोले पहिलो प्राथमिकता पर्यटन, दोस्रो जलस्रोत, तेस्रो खनिज यस्तै क्रममा चौंथो शैक्षिक विकास रहेको उहाँको भनाइ थियो । प्रदेशको विकासको लागि लगानि पर्यटन मैत्री वातावरण वनाईने पनि प्रतिवद्धता जनाउनुभयो  ।
कार्यक्रममा महोत्सवका संरक्षक मानकजी श्रेष्ठले मेला महोत्सवले कृषि, पर्यटन तथा उद्योगलाई संरक्षण गर्ने बताउनुभयो  ।
यस्तै, कार्यक्रममा महोत्सवका निर्देशक हरि कुमार श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्य समितिका कार्यबाहक सभापति जित प्रकाश आले,
एमाओवादी केन्द्रका शुक्लागण्डकी नगर अध्यक्ष पर्शुराम शर्मा भण्डारी, शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम बहादुर क्षेत्री थापा, महोत्सवका प्रबक्ता हरि बहादुर थापा, थर्पू बजार इकाईका सभापति भिमलाल श्रेष्ठ, खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सूर्यकला ढकाल, खैरेनीटार बजार इकाईका निवर्तमान सभापति अर्जुन कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो  ।
समापन कार्यक्रममा  युगल नृत्य प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो, भलिबल प्रतियोगिताका प्रथम र दोस्रो, तेस्रो व्याडमिन्टन प्रतियोगिताका प्रथम र दोस्रो, झाँकी समूहका प्रथम, दोस्रो र तृतिय समूह, प्रदेश गायन ताराका प्रथम, दोस्रो र तेस्रो, कौरा प्रतियोगिताका, रत्यौली प्रतियोगिताका, भजन कृतन प्रतियोगिताका कृषि प्रदर्शनी लगायतका प्रथम, दोस्रो र तेस्रोलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
महोत्सवमा राष्ट्रिय व्यक्तित्व सम्मान अन्तर्गत शिक्षाको क्षेत्रमा योगदान दिएका डा.चन्द्रबहादुर थापा, कृष्ण प्रसाद गौतमलाई सम्मान पनि गरिएको थियो । साथै कार्यक्रमको वीच वीचमा विभिन्न नृत्य तथा गीतहरु पनि प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिएको  थियो ।
दशौं खैरेनीटार महोत्सवका प्रवक्ता हरि बहादुर थापाले महोत्सव अवधिभरमा करिब ३ करोड ८७ लाख बराबरको आर्थिक कारोवार र १ लाख ८७ हजार पाँचसय  दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिनुभयो ।
        यस्तै, महोत्सवको अवधिभरिमा लोक तथा दोहोरी गीतका राष्ट्रिय कलाकारहरु, खुमन अधिकारी,  रामजी खाँड, राजु गुरुङ्ग, , राजन कार्की, देवी घर्ती, प्रिति आले, सम्झना भण्डारी, रमिला न्यौपाने लगायतको प्रस्तुती रहेको जानकारी कलाकार व्यवस्थापन समितिका संयोजक सुवास श्रेष्ठले दिनुभयो  ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईका सभापति तथा महोत्सवका मुल संयोजक पुर्ण बहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रममा स्वागत खैरेनीटार बजार इकाईका पूर्व सभापति तथा आर्थिक निर्देशक समुन्द्रराम श्रेष्ठले गर्नुभएको  थिए भने सञ्चालन बसन्ता श्रेष्ठ र सचिव गंगाराम श्रेष्ठले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

वर्तमान अवस्थामा प्रदेशको समृद्धि बाहेक कुनै राजनीतिक स्वार्थ नभएको :मन्त्रि गुरुङ्गको भनाई

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार

वर्तमान अवस्थामा प्रदेशको समृद्धि बाहेक कुनै राजनीतिक स्वार्थ नभएको :मन्त्रि गुरुङ्गको भनाई

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने

वर्तमान अवस्थामा प्रदेशको समृद्धि बाहेक कुनै राजनीतिक स्वार्थ नभएको :मन्त्रि गुरुङ्गको भनाई

प्रदेश नं ४ को सरकारले आव ०७४÷०७५ वाकी अवधिको लागि वुधवार बजेट तथा कार्यक्रम ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले