प्रदेश सरकारको आव ०७४÷०७५ को बजेट सार्वजनिक

प्रदेश नं ४ को सरकारले आव ०७४÷०७५ वाकी अवधिको लागि वुधवार बजेट तथा कार्यक्रम ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले असारमसान्त सम्मको लागि १ अर्व २ करोड ५ लाख रुपैयाँको बजेट तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।
कुल बजेटको ५३ प्रतिशत पूँजीगत तथा वाकी चालु खर्च रहेको छ ।नीति तथा कार्यक्रमले तय गरेको प्राथमिकताका क्षेत्रहरु पर्यटन, उर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार मध्ये बजेटले पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ ।प्रदेश सरकारले ल्याएको बजेट आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि मार्गदर्शन र शिलान्यास भएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले वताए । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई बजेटले सघाउ पु«याउने विश्वास मन्त्री गुरुङको छ ।
। प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदेश राजधानी र जिल्ला सदरमुकामवाट स्थानीयतहको केन्द्रलाईं जोड्ने सडकलाई प्राथमिकता दिएर आगामी आवदेखी स्तोरोन्न्ती गर्न ९ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ ।त्यस्तै कोरला पोखरा र पोखरा डेढगाउँ हुँदै दुम्कीवास जोड्ने प्रदेश गौरवको आयोजनाको डिपिआरका लागि ४० लाख विनियोजन गरिएको छ। ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ११ स्थानमा केवलकार संचालनको पूर्वसम्भाव्यता अध्ययनको लागि बजेटमा १५ लाख व्यवस्था गरिएको छ । ग्रामिण क्षेत्रमा विद्युतिकरणको लागि १ करोड बजेट व्यवस्था गरिएको छ ।
प्रत्येक गाउँपालिकामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको लागि कार्यविधि निर्माण गर्ने, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न सम्भाव्यता अध्ययन गर्न १ करोड बजेट विनियोजन भएको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश सरकारको आव ०७४÷०७५ को बजेट सार्वजनिक

दिवाकर भण्डारी संग्रिला डेभलपमेन्ट बैकले नबनियुक्त कर्मचारीलाई १० दिने अभिमुखिकराण तथा बैकिङ्ग तालिम प्रदान गरि काममा खटाएको छ । यहि असोज ७ गते

प्रदेश सरकारको आव ०७४÷०७५ को बजेट सार्वजनिक

प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापन प्रमुख सञ्चालन अधिकृत(सीओओमा)दिनेश थकाली नियुक्त हुनुभएको छ । थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु

प्रदेश सरकारको आव ०७४÷०७५ को बजेट सार्वजनिक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार