मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय परिएको छ । उक्त बम नेपाली सेनाको वम डिस्पोजल टोलीले निश्कृय पारेको हो । 
प्रेसर कुकर भित्र डोटोनेटर र तार भेटिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेका बेला बम भेटिएकाले घटनामा सोही पार्टीको हात रहेको आशंका तनहुँ प्रहरीले गरेको छ ।

बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ । 

प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको  थियो । पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए । 

बम निष्क्रिय पारेपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले ठाउँ ठाउमा स्कर्टिङ गरेर यातायात सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

कमल मोहन घिमिरे खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी वडा नं.–६, खैरेनीटार, तनहुँको ५०  औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह एवम् स्वर्ण

मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले वर्तमान शिक्षा नीतिमा आमुल परिवर्तन गर्न जरुरी रहेको भन्दै व्यवसायीक र

मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

खैरेनी माध्यामिक विद्यालय शुक्लागण्डकी ६ खैरेनिटारले आफनो ५० बर्ष पुरा गरेको अबसरमा स्वर्ण महोत्सव मनाईरहेको छ । महोत्सव मनाउने क्रममा बुधबार