बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुनलाई शुक्लागण्डकीमा भव्य स्वागत

बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुनलाई शुक्लागण्डकीमा भव्य स्वागत गरिएको छ  । एपिवान टेलिभिजनद्धारा आयोजित अन्तराष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी सो बुगिवुगीको फाइनल प्रवेश गरेकि उनलाई आफ्नै जन्मथलोमा लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले भव्य स्वागत एवं सम्मान गरेको हो ।
सम्मान  कार्यक्रममा बोल्दै प्रदेश अर्थमन्त्रि किरण गुरुङले मेहनतवाट नै सफलता प्राप्त हुने बताउनुभयो । ‘आफुभित्र रहेको प्रतिभालाई उजार गर्दै इमान्दरिताका साथ लाग्ने हो भन्ने एकदिन सफल भईने र यसको पछिल्लो उदारहण प्रगती बनेको वताउनुभयो ।बुगिवुगीको फाइनलमा पुगेकि प्रगतीलाई जिताउनका लागि भोटको आवश्यक पर्ने हुँदा मन्त्रि गुरुङ्गले सबै संग भोटको अपिल समेत गर्नुभएको थियो ।

प्रदेश सभा सदस्य आशा कोइरालाले प्रगतीलाई विजेता गराएर सफल कलाकार बनाउने जिम्मेवारी सबैको रहेको बताउनुभयो ।

दर्शकहरुलाई  प्रगति पुनले आफुले सबैको माया पाएर फाइनलसम्मको यात्रा तय गरेको बताएकि थिईन । अहिले सम्म तपाईहरुको मायाले गर्दा नै यहाँ सम्म आएको छु अव अन्तिमा पनि मलाई भोट गरेर जिताउनुहोला दशर्क माझ उनले अपिल गरिन् । सो क्रममा प्रगतीले आफ्नो नृत्य समेत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

प्रगतिले यस क्षेत्रको प्रतिनिधित्व गरेकाले उनको सम्मानको लागि कार्यक्रम गरिएको लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनका अध्यक्ष प्रदिप थापाले जानकारी दिनुभयो  । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष लाल बहादुर श्रेष्ठ, मार्केटिङ अफिसर सुजन श्रेष्ठ लगायतले प्रगतिलाई जिताउन सहयोगको अपिल गर्नुभएको थियो। प्रगतीलाई बुधबार नै दमौली बजार र भिमाद बजारमा पनि स्वागत एवं सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुनलाई शुक्लागण्डकीमा भव्य स्वागत

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको

बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुनलाई शुक्लागण्डकीमा भव्य स्वागत

लाइन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले प्रदेश नम्वर ४ तनहुँ जिल्ला शुक्लागण्डकी शान प्रगति पुनलाई भब्य स्वागत गर्ने तयारी गरेको छ ।एपि वान

बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुनलाई शुक्लागण्डकीमा भव्य स्वागत

बिभिन्न बर्ग र उमेर समुहको लागि सौन्दर्य तथा प्रतिभा प्रदर्सनीमुलक प्रतियोगिता आयोजना गर्दै आईरहेको   रोयल आर्किनी हाउस प्राइभेट लिमिटेड को