सांग्रिला छाडेका थकाली बने प्रभु बैकको प्रमुख सञ्चालन अधिकृत

प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापन प्रमुख सञ्चालन अधिकृत(सीओओमा)दिनेश थकाली नियुक्त हुनुभएको छ । थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो । थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओ रहनुभएको थियो । उहाँले साउन ३१ गते सांग्रिलाबाट राजिनामा दिएर भदौ १ गते बाट प्रभु बैकमा कार्यभार सम्हाल्न जानुभएको हो । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा रहँदै आउनुभएको थियो । कुशल व्यवस्थापन र राम्रो अनुभवका कारणले पनि थकालिको आगमनलाई प्रभुबैकले विशेष रुपमा लिएको छ । थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव हुनुहन्छ ।  थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम समेत लिुनएको छ । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सांग्रिला छाडेका थकाली बने प्रभु बैकको प्रमुख सञ्चालन अधिकृत

यहि पुस ९ गते देखि  शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८

सांग्रिला छाडेका थकाली बने प्रभु बैकको प्रमुख सञ्चालन अधिकृत

दिवाकर भण्डारी संग्रिला डेभलपमेन्ट बैकले नबनियुक्त कर्मचारीलाई १० दिने अभिमुखिकराण तथा बैकिङ्ग तालिम प्रदान गरि काममा खटाएको छ । यहि असोज ७ गते

सांग्रिला छाडेका थकाली बने प्रभु बैकको प्रमुख सञ्चालन अधिकृत

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार