महोत्सवको तयारी अन्तिम चरणमा ,उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने

लायन्स महोत्सवको उद्घाटन यहि असोज १९ गते एक समारोहका विच नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले गर्नुहुने भएको छ । महोत्सवको प्रमुख अथिति लगायत अन्य कलाकार अथितिको पनि टुङ्गो लागिसकेको हुनाले आफुहरु अन्तिम तयारीमा जुटेको लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकीका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका अध्यक्ष प्रदिप थापाले जानकारी दिनुभयो । महोत्वसमा चर्चित लोक , आधुनिक , पप गितका ख्याति प्राप्त गायक ,गायिका देखि महानायक राजेश हमाल र नायिका नम्रता श्रेष्ठ पनि महोत्वसमा आउने महोत्सवका प्रवक्त दुर्गाकुमार श्रेष्ठले जनारकारी दिनुभयो ।
असोज १९ देखि २७ गतेसम्म  शुक्लाडण्डकी ५ स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसर बेलचौतारामा महोत्सव हुदै छ । महोत्सव अन्य माहेत्सव भन्दा फरक हुने भएकोले यसको  आम्दानी सबै सामाजिक सेवामा खर्चिने क्लवका संस्थापक अध्यक्ष समेत रहुने भएको श्रेष्ठ जानकारी दिनुभयो  । उहाँले महेत्सवको पहिलो दिनु यसक्षेत्रका विभिन्न जात जातिको विशाल झाँकि सहितको र्याली समेत निकालिने जानकारी दिनुभयो

सामाजिक सेवा संगै आर्थिक बिकासको पूर्वाधार, लायन्स महोत्सव सम्वृद्व शुक्लागण्डकीको आधार भन्ने मुल नारासहित महोत्सव सञ्चालन हुन लागेको हो ।  नेपालीहरुको महान पर्व विजया दशमीलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा खसी, बोकाको कारोबार समेत हुने र कृर्षक संग सम्झौता समेत भईसकेको आयोजकले जनाएको छ ।  

 महोत्सवमा स्वास्थ्य शिविर  व्यवसायिक स्टल, कृषि, हस्ताकला तथा घरेलु उत्पादनको प्रर्दशन तथा विक्रि र मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । महोत्सवमा २ सय १ स्टल राखिने छ भने २ करोडको कारोबार ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस

महोत्सवको तयारी अन्तिम चरणमा ,उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने

तनहुँको शुक्लागण्डकी १ कोत्रे बजारमा आयोजना गरेको श्रीमद भागवत धन धान्याचल विराट ज्ञान महायज्ञमा मंगलबार सम्म करिब १६ लाख ४८ हजार दान संकलन भएको छ

महोत्सवको तयारी अन्तिम चरणमा ,उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने

तनहुँ १७ कार्तिक । सुनिता डोटेल ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा

महोत्सवको तयारी अन्तिम चरणमा ,उद्घाटन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा