नेपाल भरिका लायन्स क्लबको लागि शुक्लागण्डकी लायन्स महोत्सव इतिहाँसकै गौरबको विषय बन्ने गर्भनर श्रेष्ठको दवि

लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक ३२५ बि वान नेपाल का सर्बोच्च लिडर, गभर्नर अशोक श्रेष्ठले लायन्स क्लव अफ तनहूं शुक्लागण्डकी टाउनद्वारा आयोजीत शुक्लागण्डकी लायन्स महोत्सब २०७५ को  तयारीको स्थलगत अवलोकन गर्नुभएको छ । गर्भनर श्रेष्ठले यहि असोज १९ गते देखि २७ गते सम्म शुक्लागण्डकी नगरपालीका वडा नम्वर ५ स्थित भानुभक्त क्याम्पस परिसरमा आयोजना हुन लागेको लायन्स महोत्सवको तयारीका विषयमा स्थलगत अबलोकन गनुभएको हो । सो क्रममा गर्भनर श्रेष्ठले नेपालका लागि लायन्सको इतिहाँसमा पहिलो पटक हुन लागेको यो महोत्सव गौरबको विषय बनेको वताउनुभयो । लायन्स महोत्सव सामाजिक कार्यसंग जोडिएको महोत्सव भएकोले देश भरिका लायन्समा आबद्ध सबै सदस्यलाई महोत्सवको अबलोकन गर्न पनि आग्रह गर्नुभयो । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले हिम्मतका साथ महोत्सव गर्न लागेकोले आफुलाई समेत गर्व लागेको भन्दै यसलाई सफल पार्नका लागि सबैको सहकार्य आबश्यक रहेको बताउनुभयो । सो अबसरमा तनहुँ शुक्लागण्डकी टाउनका अध्यक्ष एवं महोत्सब मुल समारोह समितिका संयोजक प्रदिप थापाले सबै को साथ र सहयोग रहेकाले महोत्सव सफलता पुर्बक सम्पन्न हुने बताउनुभएको थियो । उहाँले महोत्सवको तयारी करिब करिव अन्तिम चरणमा पुगेको पनि जानकारी गराउनुभएको थियो । सोहि अवसरमा महोत्सवका प्रबक्ता एवं टाउनका संस्थापक अध्यक्ष दुगा कुमार श्रेष्ठले महोत्सव  अन्य महोत्सव भन्दा फरक हुने भएकोले यसको आम्दानी सबै सामाजिक सेवामा खर्चिने जानकारी दिनुभयो  । सामाजिक सेवा संगै आर्थिक बिकासको पूर्वाधार, लायन्स महोत्सव सम्वृद्व शुक्लागण्डकीको आधार भन्ने मुल नारासहित सञ्चालन हुन लागेको महोत्सवको तायरी धमाधम भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

नेपाल भरिका लायन्स क्लबको लागि शुक्लागण्डकी लायन्स महोत्सव इतिहाँसकै गौरबको विषय बन्ने गर्भनर श्रेष्ठको दवि

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

नेपाल भरिका लायन्स क्लबको लागि शुक्लागण्डकी लायन्स महोत्सव इतिहाँसकै गौरबको विषय बन्ने गर्भनर श्रेष्ठको दवि

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन

नेपाल भरिका लायन्स क्लबको लागि शुक्लागण्डकी लायन्स महोत्सव इतिहाँसकै गौरबको विषय बन्ने गर्भनर श्रेष्ठको दवि

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी