तीनखोले देवी धार्मिक महोत्सवको तयारी तिव्र उद्घाटन मुख्य मन्त्री गुरुङ्ले गर्ने

 प्रदेश नं. ४ अन्तरगत पर्ने शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा आयोजना गर्न लागिएको धार्मिक महोत्सवको तयारीलाई तिव्र पारिएको छ ।
 यही २०७५ असोज २४ गते देखि ३० गते सम्म नवदुर्गा भागवत ज्ञान महायज्ञ तथा तीनखोले देवी धार्मिक महोत्सवको तयारीका क्रममा मन्दिर जाने सडकको स्तर उन्नती , मन्दिर सजावट , पत्राचार ,प्रचार प्रसारलाई तिव्र पारिएको  तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवको एक समारोहका विच गण्डकी प्रदेशका मुख्य मन्त्री  पृथ्वी सुब्बा गुरुङ्गले गर्नुहुने भएको छ ।
   अधिकारीले  देवी भागवत ज्ञान महायज्ञको उद्देश्य तीनखोले देवीको प्रचार प्रसार गर्ने, मन्दिर क्षेत्रको बृहत्तर विकास गर्ने, भक्तजनहरुलाई नवदुर्गाको अवसरमा देवीको दर्शन गरेर तथा भागवत कथा सुनेर पुण्य कमाउने अवसर दिलाउने बताउनुभयो  ।
        महोत्सवलाई सफल पार्नको लागि एघार सदस्य रहेको निर्णायक तथा कार्यकारीणी समिति र बिभिन्न उप–समितिका संयोजहरु चयन गरिएको छ  । महोत्सव अवधिभरिमा करिब पाँच हजार भक्तजनको उपस्थिति रहने र खर्चलाई सकेसम्म मितव्ययीता अपनाई धेरै बचत गर्ने प्रयास रहने पनि जनाईएको छ । महोत्सवमा हुने महायज्ञको अवधिमा सामूहिक कालसर्पयोग शान्ति, चौरासी पूजा, सामूहिक तथा एकल ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती बाल्ने कार्यक्रम पनि गरिने जानकारी तीनखोले देवी धार्मिक महोत्सवको सचिवालयले गराएको छ ।
        तीनखोले देवी मन्दिर शुक्लागण्डकी नगरपालिका साथै नेपालकै धार्मिक पर्यटकीय क्षेत्रमा पर्दछ  ।  प्रचार प्रसारको कमिले गर्दा मन्दिरले सोचे जति प्रगती गर्न नसकेका कारणले पनि महोत्सव गर्न लागिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस

तीनखोले देवी धार्मिक महोत्सवको तयारी तिव्र उद्घाटन मुख्य मन्त्री गुरुङ्ले गर्ने

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

तीनखोले देवी धार्मिक महोत्सवको तयारी तिव्र उद्घाटन मुख्य मन्त्री गुरुङ्ले गर्ने

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन

तीनखोले देवी धार्मिक महोत्सवको तयारी तिव्र उद्घाटन मुख्य मन्त्री गुरुङ्ले गर्ने

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी