सांग्रिलाले दियो नबनुयुक्त कर्मचारीलाई बैकिङ्ग सम्वन्धि तालिम

दिवाकर भण्डारी

संग्रिला डेभलपमेन्ट बैकले नबनियुक्त कर्मचारीलाई १० दिने अभिमुखिकराण तथा बैकिङ्ग तालिम प्रदान गरि काममा खटाएको छ । यहि असोज ७ गते देखि १६ गतेसम्म नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम दिई कार्यक्षत्रमा खटाएको हो ।नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिनुभयो । समापन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्दै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताउनुभयो । उहाँले यस्ता तालिमका कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले निकट भविष्यमा पनि आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

 कार्यक्रममा सहभागी कर्मचारीहरुले  तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग चिनजान गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको उल्लेख गरेका थिए । कर्मचारीहरुलाई तालिमको समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । सांग्रीला डेभलपमेन्ट बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर भरि ८७ ओटा पुग्नेछन् ।तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएको बैकका मानव संसाधन शाखाका प्रमुख लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

सांग्रिलाले दियो नबनुयुक्त कर्मचारीलाई बैकिङ्ग सम्वन्धि तालिम

यहि पुस ९ गते देखि  शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८

सांग्रिलाले दियो नबनुयुक्त कर्मचारीलाई बैकिङ्ग सम्वन्धि तालिम

प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापन प्रमुख सञ्चालन अधिकृत(सीओओमा)दिनेश थकाली नियुक्त हुनुभएको छ । थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु

सांग्रिलाले दियो नबनुयुक्त कर्मचारीलाई बैकिङ्ग सम्वन्धि तालिम

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार