शुक्लागण्डकी लायन्स महोत्सवमा सोमवारवाट भलिबल खेल शुरु

शुक्लागण्डकी महोत्सवमा सोमवार देखि खुल्ला भलिबल प्रतियोगिता शुरु हुने भएको छ । भलिबल प्रतियोगीतामा १७ टीमको सहभागीता रहेको जनाइएको छ । खुल्ला भलिवल प्रतियोगिता भएको हुनाले खेल निकै रोमाञ्चक र प्रतिपर्धात्मक हुने भएको छ । प्रतियोतिमा विजेता हुने टिमले १ लाख ५ हजारको साथमा ट्रफी ,मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । तिद्धीय र तृतिय हुनेले क्रमश ७५ हजार ,२० हजारको साथमा ट्रफी ,मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै उत्कुष्ट खेलाडीको लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै महोत्सवमा दैनिक दर्शकको भिड बढ्दै गएको महोत्सवका प्रवक्ता दुर्गाकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा चर्चित कलाकारको उपस्थितीले पनि दिन प्रतिदिन दर्शको भिड बढेको उहाँले बताउनुभयो । सोमवार लोक गायिका भुमिका गिरी , पशुपति शर्मा ,शंकर पन्त लगायत यूवामाझ चर्चित कमल खत्रिको प्रस्तुति रहने जनाईएको छ ।महोत्सव असोज २७ गते सम्म सञ्चालन हुनेछ ।
 दशैँलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा दशैँको लागि आवश्यक घरायसी सामाग्री सहित खसी ,बोका र च्याङग्रा विक्रिका लागि राखिएको  छ । महोत्सवको अन्तिम दिन सम्ममा ५ लाख दर्शकले अवलोकन गर्ने र करिब २ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले दावि गरेको छ ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकी लायन्स महोत्सवमा सोमवारवाट भलिबल खेल शुरु

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको

शुक्लागण्डकी लायन्स महोत्सवमा सोमवारवाट भलिबल खेल शुरु

बुधबारदेखि प्रथम भिमाद नगरपालिका मेयर कप सुरु भएको छ । भिमाद नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनमा भिमाद रंगशालामा सुरु कपको उद्धघाटन

शुक्लागण्डकी लायन्स महोत्सवमा सोमवारवाट भलिबल खेल शुरु

विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १विकेटको सनसनीपूर्ण जित निकालेकाे छ । जितसँगै नेपालको एक दिवसीय