५० लाख बरावरको आर्थिक कारोवार गदै लायन्स महोत्सव सम्पन्न

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन गरेको महोत्सवमा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र ५० लाख बराबरको आर्थिक कारोवर गर्न सफल भएको महोत्सव मुल सामारोह समितिका अध्यक्ष प्रदिप थापाले जानकारि दिनुभयो । महोत्सवको गण्डकी प्रदेशकी साँसद आशा कोइरालाले आइतबार समापन गर्नुभएको हो  । सो अवसरमा कोइरालाले  महोत्सवले सामाजिक सेवालाई प्राथमिकता दिएको भन्दै मेला तथा महोत्सवहरु मार्फत समाजको विकास हुनुपर्नेमा जोड दिनुभयो  ।
 क्लवका संस्थापक अध्यक्ष एवं महोत्सवका प्रबक्ता दुर्गा कुमार श्रेष्ठले महत्सव समग्रमा सफल भएको दावि गर्दै स्थानियहरुले दोस्रो सस्करणको महोत्सव गर्न समेत सुझाव दिएको बताउनुभयो  ।
महोत्सव आयोजक समितिले यस अवधीमा देश भर रहेका करिव २ सय भनदा बढि लायन्सकर्मीहरु समेत महोत्सवको अवलोकन गरेका जानकारी दिनुभयो । त्यसक्रममा उनिहरुले तनहुँको  पर्यटयिक स्थानहरुको सम्भावनाको बारेमा जानकारी समेत लिएको बुझिएको छ ।
महोत्सवको समापन कार्यक्रममा नै वडास्तरिय रुपमा आयोजना गरिएको भलिबल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगितामा राङ्गरुङ्ग युवा समुह प्रथम र बैदी ब्वाइज युनाटेड द्धितीय हुन सफल भएको थियो । प्रतियोगितामा प्रथम र द्धितीय हुन सफल समुहले नगद १ लाख ५ हजार र ७५ हजार रुपैया प्राप्त गरेका छन् ।
महोत्सव मार्फत यस क्षेत्रका ५७ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्विल चियर वितरण गरिएको थियो भने महोत्सवबाट भएको आम्दानीले नगरपालिका र यस क्षेत्र आसपासमा रहेका विद्यालयका आर्थिक अवस्था कमजोर भएका ५ सय विद्यार्थीहरुले छात्रावृत्ती प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस

५० लाख बरावरको आर्थिक कारोवार गदै लायन्स महोत्सव सम्पन्न

तनहुँ १७ कार्तिक । सुनिता डोटेल ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा

५० लाख बरावरको आर्थिक कारोवार गदै लायन्स महोत्सव सम्पन्न

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

५० लाख बरावरको आर्थिक कारोवार गदै लायन्स महोत्सव सम्पन्न

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी