तिनखोलेमा भक्तजनको घुइँचो ,सोमबार सम्म करिब ४५ लाख ६४ हजार दान संकलन

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा तीनखोले देवी धार्मिक महोत्सवमा भक्तजनहरुको घुईंचो लागेको छ ।
        तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष श्रीराम अधिकारीले  देवी भागवत ज्ञान महायज्ञको उद्देश्य तीनखोले देवीको प्रचार प्रसार गर्ने, मन्दिर क्षेत्रको बृहत्तर विकास गर्ने, भक्तजनहरुलाई नवदुर्गाको अवसरमा देवीको दर्शन गरेर तथा भागवत कथा सुनेर पुण्य कमाउने अवसर दिलाउने रहेको वताए । अध्यक्ष अधिकारीले महोत्सवबाट संकलन गरिने दान रकम अपेक्षा गरिएभन्दा बढि संकलन भएकोमा उत्साहित भएको पनि जनाए ।
        महोत्सवलाई सफल पार्नको लागि एघार सदस्य रहेको निर्णायक तथा कार्यकारीणी समिति र बिभिन्न उप–समितिका संयोजहरु चयन गरिएको छ  । महोत्सव अवधिभरिमा करिब पाँच हजार भक्तजनको उपस्थिति रहने र खर्चलाई सकेसम्म मितव्ययीता अपनाई धेरै बचत गर्ने प्रयास रहने पनि जनाईएको छ । महोत्सवमा हुने महायज्ञको अवधिमा सामूहिक कालसर्पयोग शान्ति, चौरासी पूजा, सामूहिक तथा एकल ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती बाल्ने कार्यक्रम पनि भई रहेको छ ।
        आस्थाकी देवी तीनखोले देवी मन्दिर शुक्लागण्डकी नगरपालिका साथै नेपालकै धार्मिक पर्यटकीय क्षेत्र रहेको हुँदा दिनहुँ दानवीरहरुको बाक्लो उपस्थिति भईरहेको छ । महोत्सवका संयोजक श्रीराम अधिकारीका अनुसार महोत्सवको छैटौं  दिन सम्ममा करिब ४५ लाख ६४ हजार दान संकलन भईसकेको छ । महोत्सव असोज ३० गते सम्म सञ्चालन हुने छ ।

प्रतिकृया दिनुहोस

तिनखोलेमा भक्तजनको घुइँचो ,सोमबार सम्म करिब ४५ लाख ६४ हजार दान संकलन

तनहुँ १७ कार्तिक । सुनिता डोटेल ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा

तिनखोलेमा भक्तजनको घुइँचो ,सोमबार सम्म करिब ४५ लाख ६४ हजार दान संकलन

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन

तिनखोलेमा भक्तजनको घुइँचो ,सोमबार सम्म करिब ४५ लाख ६४ हजार दान संकलन

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी