नेपाल मगर संघ सुक्लागन्डकी नगर समिती द्वारा आयोजित शुभकामना आदान प्रदान ,युवा सम्मान् कार्यक्रम शनिबार सम्पन्न


मगर भाषा लिपी भेषभुषा सँस्कृती संरक्षण गरौ" कला सिप साहित्य र प्रतिभालाई प्रबर्दन गरौ" भन्ने मुल उदेस्यले नेपाल मगर संघ सुक्लागन्डकी नगर समिती द्वारा  आयोजित  शुभकामना आदान प्रदान ,युवा सम्मान् तथा विविध साँस्कृतिक कार्यक्रमहरुका साथै लागु औषध दुव्र्यसनीको असर तथा न्युनिकरणको उपाय शिर्षकमा वक्तृत्व कला प्रतियोगीता , शनिबार खैरेनीटार मगर समाज भवनमा मगर संघ शुक्लागण्डकीका अध्यक्ष सुमन आलेको अध्यक्षता यबम नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी थापाले मगरहरु एकीक्रित हुन सके  स्वायत्त क्षेत्रको प्रमूख नेतृत्व तहमा राजनैतिक अग्राधिकार मगरहरु कै हुने भन्दै सम्पूर्ण मगरहरु लाई हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्नु भयो । 

    कार्यक्रममा  नेकपाकी महिला नेतृ रेखा थापा बस्यालले जातिय पहिचान र अधिकारका लागि जातिय एकता आवश्यक रहने बताउदै जातिय तथा भाषिक संरक्षणका लागि सम्पूर्ण मगरहरु लाई अग्रसर हुन आह्ववान गर्नुभयो । 

क्रमस , घिरिङ गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापा, मगर संघ म्याग्दे गाउपालिकाकी अध्यक्ष नर माया थापा, सुर्य बहादुर थापा, रि बहादुर थापा, नेपाल मगर संघ भिमादकी अध्यक्ष पवित्रा थापा, मगर संघका पुर्व अध्यक्ष खड्क सिं थापा लगायत  बक्ताहरुले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा क्रमश  दुलेगौँडा मगर समाजकी पुजा राना प्रथम, नयाँगाउँ मगर समाज शुक्लागण्डकी-५ की मुना थापा द्धितिय, मालेबगर मगर समाज शुक्लागण्डकी ८ की विपना थापा तृतिय र लाङघाली मगर समाज एकान्त कुनाकी आश्मा आले सान्तवना हुन सफल भईन ।  प्रतियोगीतामा नगरभित्रका विभिन्न मगर समाजको प्रतिनिधित्व गर्दे १९ प्रतियोगिले  सहभागीता जनाएका थिए । त्यस्तै कार्यक्रममा मगर युवाहरुलाई हौसला दिने उद्धेश्यले नगरभित्रका मगर समुदायबाट डाक्टर ,इन्जिनियर, पत्रकार ,व्यवसायी लगायत विभिन्न पेसा व्यवसायमा आवद्ध भई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ८८ जना युवाहरुलाई सम्मान् गरिएको थियो । भने कार्यक्रम को सन्चालन सचिव पुर्ण बहादुर आलेले गरेका थिए 

 

 

प्रतिकृया दिनुहोस

नेपाल मगर संघ सुक्लागन्डकी नगर समिती द्वारा आयोजित शुभकामना आदान प्रदान ,युवा सम्मान् कार्यक्रम शनिबार सम्पन्न

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको

नेपाल मगर संघ सुक्लागन्डकी नगर समिती द्वारा आयोजित शुभकामना आदान प्रदान ,युवा सम्मान् कार्यक्रम शनिबार सम्पन्न

सुरिन भुजेल ,२७ कार्तिक, युएई तनहुँ स्थायी बसोवास भै युएईमा कार्यरत तनहुँबासिको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा भानु नगरपालिका वाड नम्बर ७

नेपाल मगर संघ सुक्लागन्डकी नगर समिती द्वारा आयोजित शुभकामना आदान प्रदान ,युवा सम्मान् कार्यक्रम शनिबार सम्पन्न

बिभिन्न बर्ग र उमेर समुहको लागि सौन्दर्य तथा प्रतिभा प्रदर्सनीमुलक प्रतियोगिता आयोजना गर्दै आईरहेको   रोयल आर्किनी हाउस प्राइभेट लिमिटेड को