ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेस गने भएका छन् ।

चुनावको परिणाम औपचारिक रुपमा सार्वजनिक भैसकेकाले अब सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै दुवै दलले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ ।

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेद गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाउन लागेका हुन् ।

दिउँसोसम्ममा राष्ट्रपतिसमक्ष नाम पठाउने एमालेले जनाएको छ । ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । वाम गठबन्धनसँग संसदमा झण्डै दुई तिहाई बहुमत भएकाले ओलीको नाम स्वतः अनुमोदन हुने अवस्था छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको स्वरुपबारे थप निर्णय गर्ने एमाले र माओवादीको तयारी छ । चुनाव सकिएको दुई महिना भैसक्दासमेत प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक नहुँदा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस

ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना

रेडियो तनहुँ ९७ दशमलब २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद समजासेवी प्राध्यापक डाक्टर चन्द्र बहादुर थापालाई नागरिक अभिनन्दन गरिएको छ । दशैँ

ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना

प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको

ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति