अब केपी ओली प्रधानमन्त्री, दाबी प्रस्तुत गरिँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि नेकपा एमाले र माओवादी केन्द्रले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेका छन् ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको भोलिपल्टै दुई दलले बहुमतसहितको दाबी राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न लागेका हुन् । गठबन्धनले आफूसँग स्पष्ट बहुमत रहेको जानकारी गराउँदै प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने भएको छ । दुई दलको एकता संयोजन समिति र छुट्टाछुट्टै बसेको बैठकले दाबी पेस गर्ने निर्णय बुधबार नै गरेको थियो । 

नेकपा एमालेको आकस्मिक रुपमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बिहान ९ बजे राष्ट्रपतिकहाँँ बहुमतसहितको दाबी पेस गरिनेछ ।

प्रतिकृया दिनुहोस

अब केपी ओली प्रधानमन्त्री, दाबी प्रस्तुत गरिँदै

रेडियो तनहुँ ९७ दशमलब २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद समजासेवी प्राध्यापक डाक्टर चन्द्र बहादुर थापालाई नागरिक अभिनन्दन गरिएको छ । दशैँ

अब केपी ओली प्रधानमन्त्री, दाबी प्रस्तुत गरिँदै

प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको

अब केपी ओली प्रधानमन्त्री, दाबी प्रस्तुत गरिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति