स्याङ्जाको चित्रेमा मगर भाषामा कविता प्रतियोगिता सम्पन्न


विनोद रखाली मगर
अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तरगत स्याङ्जाको हरिनास गाउँपालिका स्थीत मातृभुमि मा.वि.मा शनिवार  मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न भएको छ । दिगो विकाशका लागी भाषिक विविधता र वहुभाषिकताको गन्ति भन्ने उद्धघोषका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतियोगिहरुले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए । दश प्रतियोगीहरु सहभागि रहेको प्रतियोगितामा अमृता थापा मगरले प्रथम स्थान प्राप्त गर्दै नगद रु.१,५०० तथा प्रमाणपत्र प्राप्त गरीन । यसै गरी अनुशा थापा मगर र सुर्दशन थापा मगर क्रमस द्धितीय र तृतीय स्थान प्राप्त गर्दै नगद रु. १,००० र नगद रु.५०० सहित प्रमाणपत्र प्राप्त गरे । साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा हरिनास गाउँपालिका वडा न. ४ का वडा सदस्य पहलसिंह थापा मगर, हरिनास साहित्य मन्चका सदस्य शिशिर राना मगर, मातृभुमि मा.वि.का शिक्षक दुरपति थापा मगर लगाएतले पुर्खाले जन्माएको मातृभाषालाई जिवित राख्न पछिल्लो पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । मगर लेखक संघ गण्डकी अन्चल समितिका सदस्य हुमा थापा मगरले सन्चालन गर्नुभएको कार्यक्रम मगर लेखक संघ गण्डकी अन्चल समितिका सह सचिव तथा कार्यक्रम सयोंजक रिमवावु राना मगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
 नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिले मातृभाषा दिवशको अवशरमा विभिन्न संघ संस्था संग समन्वय गरी प्रदेश न. ४ का विभिन्न सात स्थानमा मातृभाषामा कविता प्रतियोगिता तथा साहित्यीक गोष्टीको आयोजना गर्ने भएको छ । फागुन ७ गते तनहुँको दमौलीमा, फागुन ९ गते तनहुँको देवघाट गाउँपालिकामा र गोरखा जिल्लामा साथै पोखरा लेखनाथ महानगरपालिका गरी एकै दिन तीन स्थानमा आयोजना गर्ने जनाएको छ । तनहँुको भिमादमा शुक्रवार र स्याङ्जाको हरिनासमा शनिवार संघले मातृभाषामा साहित्य कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

स्याङ्जाको चित्रेमा मगर भाषामा कविता प्रतियोगिता सम्पन्न

यूएईमा सुनिए नवराज ! स्रष्टा भेटघाट तथा सृजना वाचन डबलीकाे ११ अाैं श्रृङखलाकाे अबसरमा यूएईको बरदुबई स्थित हाेटल पानाराेमा ग्राण्डमा कवि नवराज