चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान

हुस्सु र कुहिरोका कारण झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

झापा, फागुन ६ । हुस्सु र कुहिरोका कारण झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

यो प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्यन प्राधीकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुडालले जानकारी दिए ।

आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो । यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिनेछ ।

यसअघि चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो । यसका लागि पाँचदेखि छ किलोमिटरको भिजिबिलिटी जरुरी पर्दथ्यो ।

आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान

विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल नेटवर्किङ साइट फेसबुकको ‘फेस’ तीव्र रुपमा बदलिएको छ । अमेरिकामा बाउआमा तथा हजुरबा हजुरआमाहरुले

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान

अपराधीलाई पहिचान गर्नसक्ने चश्मा पुलिसलाई दिएमा के होला ? अवश्य पनि अभियुक्तहरु भटाभट पक्राउ पर्ने थिए र अपराधका घटनामा कमी आउने थियो । चीनमा

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान

भिडियो विज्ञापनमा भएको बढोत्तरीसँगै माइक्रोब्लगिङ कम्पनी ट्वीटर आफ्नो मुनाफा समेत बढाउन सफल भएको छ । ट्वीटरले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक