विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हरायो

विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले  ३ विकेटले हराएको छ । 

जितका लागि नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई जिताए । साेमपालले ५ बलमा नटअाउट रहँदै ५ रन बनाए  ।

नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए ।  कप्तान पारस खड्का ४२ रन बनाएर आउट भए । अारिफ शेखले ८२ बलमा ४२ रन बनाए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र  अनिल कुमार साह शून्यमा आउट भएका थिए ।  

यसअघि टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए  । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हरायो

बुधबारदेखि प्रथम भिमाद नगरपालिका मेयर कप सुरु भएको छ । भिमाद नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनमा भिमाद रंगशालामा सुरु कपको उद्धघाटन

विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हरायो

विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १विकेटको सनसनीपूर्ण जित निकालेकाे छ । जितसँगै नेपालको एक दिवसीय

विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हरायो

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले क्यानडासँग खेल्दैछ । ६ टोली सहभागी प्रतियोगिताको